काठमाडौँ । नेकपा माओवादी केन्द्रले व्यापक जनपरिचालनसहित अभियान समापन गर्ने तयारी गरेको छ । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ यही पुस १६ गते व्यापक जनपरिचालन सहित पालिकास्तरमा समापन तयरी भएको हो ।
माओवादी केन्द्रका अनुसार सबै पालिका, जिल्ला र प्रदेशहरुले अभियानको समग्र लिखित रिपोर्ट केन्द्रीय कार्यालयमा अनिवार्य रुपमा पठाउन पनि मातहतका कमिटीलाई निर्देशन दिइएको छ ।
माओवादीले गत भदौ १६ देखि ७ सय ५३ वटै स्थानीय तहमा वडा केन्द्रित माओवादी विशेष रूपान्तरण अभियान चलाएको थियो । सो अभियान सुरुमा तीन महिने भनिएपनि दसैँ तिहारलगायतका चाडपर्वका कारण प्रभावित भएको भन्दै पुस १६ गतेसम्म थप गरिएको हो ।
माओवादीको पदाधिकारी बैठकले अभियान सकिएसँगै पुस अन्तिम साता स्थायी कमिटीको बैठक बोलाउने लगायतको निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु