चितवन। अंग्रेजी नयाँ वर्ष सन् २०२४ को जनवरी १ बाट सुरु हुन लागेको भरतपुर भ्रमण वर्ष–२०२४ केही समयका लागि सारिएको छ ।आज भरतपुर महानगरपालिकाको कार्यपालिका बैठकले भ्रमण वर्ष केही समयका लागि सार्ने निर्णय गरेको हो ।
बैठकले आउँदो पुस २२ गते बस्ने नगरपरिषद् बाट थप कार्यक्रम तय गर्ने निर्णय समेत गरेको छ । महानगरले भ्रमण वर्षको तयारी तिव्र रुपमा पारेको थियो । तर महानगरको मुख्य बजार क्षेत्रमै सडक अस्तव्यस्त भएपछि भ्रमण वर्ष सार्न नीजि क्षेत्रले समेत सुझाव दिएको थियो ।
सोही आधारमा केही समय पछि गर्ने गरी भ्रमण वर्षको समय सारिएको हो । यस बारे महानगरले आजै पत्रकार सम्मेलन गरी जानकारी गराउँदैछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना