राष्ट्र बैङ्कले माग्यो विभिन्न पदका लागि माग्यो दरखास्त

सफल खबर संवाददाता

शुक्रबार, ०६ पुस २०८०, ०७ : २१
राष्ट्र बैङ्कले माग्यो विभिन्न पदका लागि माग्यो दरखास्त

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ । 

आज एक सूचना जारी गर्दै बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरेको हो ।

तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस