मिसन बन्द भएपछि थप १ हजार १ सय ५२ नेपाली शान्ति सेना फर्कंदै

सफल खबर संवाददाता

विहीबार, ०५ पुस २०८०, ०८ : ११
मिसन बन्द भएपछि थप १ हजार १ सय ५२ नेपाली शान्ति सेना फर्कंदै

काठमाडौ । संयुक्त राष्ट्रसंघको शान्ति सेनाअन्तर्गत अफ्रिकी मुलुक कंगोमा खटिएका १ हजार १ सय ५२ नेपाली सेना छिट्टै मिसन बन्द गरेर नेपाल फर्कने भएका छन्।

राष्ट्रसंघीय सुरक्षा परिषद्को मंगलबार राति बसेको बैठकले सर्वसम्मत रुपमा कंगो मिसन बन्द गर्ने निर्णय गरेपछि कंगोमा खटिएका नेपाली शान्ति सेना स्वदेश फर्कन लागेको हो।

यसअघि अर्को अफ्रिकी मुलुक मालीमा खटिएका १ सय ५२ जना नेपाली शान्ति सेना स्वदेश फर्किएका थिए । मालीमा राष्ट्रसंघीय शान्ति मिसन बन्द भएपछि त्यहाँ तैनाथ १ सय ६८ नेपाली सेनामध्ये १ सय ५२ जना फर्किएका हुन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार बाँकी रहेका १६ जना नेपाली शान्ति सेना पनि फर्कने क्रममा छन्। ती दुवै मुलुकमा शान्ति स्थापना हुने क्रममा रहेको र सम्बन्धित मुलुकका सुरक्षा अधिकारीले नै त्यहांको सुरक्षा स्थिति नियन्त्रण लिन सक्ने भएपछि शान्ति सैनिक फिर्ता गर्न लागिएको राष्ट्र संघको मुख्यालयले जनाएको छ। नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस