‘नाडा अटो शो २०१८’ भाद्र २६ बाट

सफल खबर संवाददाता

आइतबार, १७ भदौ २०७५, १९ : १४
‘नाडा अटो शो २०१८’  भाद्र २६ बाट

काठमाडौँ । भाद्र २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो आयोजना हुने भएको छ । नाडा मोबाइल्स एशोसिएशन अफ नेपालले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘नाडा अटो शो’ आयोजना गर्न लागिएको जानकारी गराएको हो । सवारी साधन तथा अटो कम्पोनेन्टससम्बन्धी सम्पूर्ण जानकारी एकै थलोमा उपलब्ध गराई त्यसका आधुनिक तथा प्राविधिक विषयबारे प्रवद्र्धन गर्न ‘शो’ आयोजना गर्न लागिएको नाडा अटो शोका संयोजक निराकार श्रेष्ठले जानकारी दिनु भयो ।
६ दिनसम्म चल्ने ‘शो’ मा १९ वटा ब्राण्डका ४ पाङग्रे, २० वटा ब्राण्डका २ पाङग्रे राखिनेछ । त्यसैगरी शोमा ब्राण्डेड सवारी साधनहरुको खरिद विक्रीका लागि आवश्यक जानकारी लिने व्यवस्था पनि गरिने ‘शो’ का संयोजक श्रेष्ठले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस