चलचित्र ‘कथा काठमाण्डू’ को ट्रेलर सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, १७ भदौ २०७५, १८ : १९
चलचित्र ‘कथा काठमाण्डू’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । ‘रातको कुरा...’ बोलको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको इन्टिमेट सिनका कारण चर्को आलोचना भइरहेको फिल्म ‘कथा काठमाण्डू’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले फिल्मको ट्रेलर ल्याएको हो । गीतझैं ट्रेलर पनि प्रियंका र प्रमोदको इन्टिमेट सिनले भरिएको छ । चलचित्र संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् । ट्रेलरले काठमाडौंमा हुने तीन भिन्न–भिन्न कथालाई देखाएको निर्देशक संगीता श्रेष्ठले बताइन् । ‘ट्रेलरले ‘रातको कुरा’ गीतमा रहेको इन्टिमेट सिन राख्नुको कारण खुलाएको छ ’ उनले भनिन् ‘सो दृश्य कथाको माग अनुसारनै गीतमा राखिएको हो ।’

प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको मुख्य भुमिका रहेको चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री प्रियंका, आयुष्मान, सन्ध्या, प्रेक्क्षा कोही पनि उपस्थित थिएनन् ।

अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् ।  फिल्म १२ असोजबाट प्रदर्शनमा आउँदैछ ।

 

प्रतिक्रिया दिनुहोस