पशुपति क्षेत्र विकास कोषको सल्लाहकार पद खारेज

सफल खबर संवाददाता

बुधबार, ०४ पुस २०८०, १५ : ४४
पशुपति क्षेत्र विकास कोषको सल्लाहकार पद खारेज

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त गरिएका एक सय भन्दा बढी सल्लाहकारहरूको पद खारेज गर्ने निर्णय भएको छ । बुधवार बसेको कोषको परिषद् बैठकले यसभन्दा अगाडि गरिएका सल्लाहकार नियुक्तिको निर्णयलाई खारेज गर्ने निर्णय गरेको हो । 

 

राज संस्थाको पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका सय भन्दा बढी सल्लाहकार खारेज गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ ।

परिषद् बैठकले पशुपति क्षेत्र परिषदमा मदिरा विक्री वितरण समेत बन्देज गर्ने निर्णय गरेको छ । बैठकले पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोस्टहरू निर्माण गर्ने समेत निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस