काठमाडौं। सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ ।बैठकमा सरकारको एक वर्षको कामकारबाहीको समीक्षासमेत भएको उनले बताइन् ।मन्त्रिपरिषदको नियमित बैठक भोलि बिहीबार फेरि बस्ने छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ पुस २०८०, १४ : ४६
लेखकबाट थप