जनता बैंकद्वारा फुलचोकी आधारभुत विद्यालयलाई कम्प्युटर हस्तान्तरण

सफल खबर संवाददाता

आइतबार, १७ भदौ २०७५, १७ : २३
जनता बैंकद्वारा फुलचोकी आधारभुत विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काभ्रे । जनता बैंक नेपाल लिमिटेडद्वारा सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फुलचोकी आधारभुत विद्यालय पनौती, काभ्रेलाई दूई थान कम्प्युटर हस्तान्तरण गरेको हो ।

बैंकका संस्थागत मामिला प्रमुख छविलाल हुमागाईले पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने मार्फत विद्यालयका प्रधानाध्यापक केशव हुमागाईंलाई उक्त सामाग्री हस्तान्तरण गरे । जनता बैंकले सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि कार्य गरिरहेको जनाएको छ ।

विशेष गरी ग्रामिण क्षेत्रका महिलाहरुको स्वास्थ्य परिक्षण र पाठेघर सम्बन्धि निःशुल्क अपरेशन तथा सामुदायिक विद्यालयको स्तर उन्नतीलाई मध्येनजर गरी विद्यार्थीहरुलाई छात्रवृत्ति र शिक्षण सामाग्री उपलब्ध गराई सहयोग गरिरहेको बताएको छ ।

यस बर्ष देशै भरीबाट सामुदायिक विद्यालयका २०० विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने र रोल्पा, हुम्ला जस्ता विकट जिल्लामा स्त्री रोग सम्बन्धी तथा आँखाको मोतिविन्दुको निःशुल्क अपरेशनको लागि स्वास्थ्य शिविर आयोजना गर्ने कार्यक्रम रहेको बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस