प्रेस सेन्टरका उपाध्यक्ष अधिकारीलाई पितृशोक

सफल खबर संवाददाता

मंगलबार, ०३ पुस २०८०, १८ : ५२
प्रेस सेन्टरका उपाध्यक्ष अधिकारीलाई पितृशोक

चितवन । प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवम् मेयर रेनु दाहालका स्वकीय सचिव सुरेशचन्द्र अधिकारीलाई पितृशोक परेको छ। भरतपुर-११ बसेनी निवासी अधिकारीका बुवा मित्रलाल अधिकारीको ९० वर्षको उमेरमा मंगलबार विहान आफ्नै निवासमा निधन भएको नाती सुजन अधिकारीले जानकारी दिए ।

गोरखा हंसपुर-५ काफल डाडाँमा जन्मिएका स्व अधिकारी ०६६ सालदेखि चितवनमा बसोबास गर्दै आएका थिए । स्व अधिकारी गोरखामा साहु काईलाका नामले पनि परिचित थिए । स्व अधिकारीका ४ छोरा, ३ छोरी र श्रीमती छन् ।

माओवादी अन्दोलनमा लागेका स्व अधिकारीले जनयुद्धका समयमा ३ महिना सैनिक हिरासतमा यातना भोगेका थिए । सरल र निडर स्वाभाव रहेका स्व अधिकारी ४ वर्षदेखि मुटु र दम सम्बन्धी समस्याबाट ग्रसित थिए । गत तिहारपछि ब्रेन हेमब्रेज भएसँग स्वास्थ्य लाभ लिई रहेका अधिकारीको मंगलबार निधन भएको हो ।स्व अधिकारीको अन्त्यष्ठी भोलि विहान ७:३० बजे देवघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस