कानुन विपरीत रहेछ भने हदैसम्मको कारबाही गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, ०३ पुस २०८०, १२ : २४
कानुन विपरीत रहेछ भने हदैसम्मको कारबाही गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुगेका छन् । समितिले सरकारमाथि उठेका प्रश्नहरूबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई बोलाएको हो । 

बैठकमा एनसेल खरिद विक्री प्रकरण, सरकारले दिने सुशासनको अवस्था र सङ्घीय निजामती ऐन लगायत समसामयिक विषयमा छलफल भएको छ । 

एनसेल प्रकरणबारे प्रचण्डले भने– म कोप सम्मेलनका लागि दुबईमा भएको बेला एनसेल शेयर न्यून मूल्याङ्कन गरी खरिद बिक्रीको कुरा सुने । भोलिपल्टै म नेपाल फर्किएर मुख्य सचिवलाई बोलाएर हाम्रो ऐन कानुन अनुसार, हाम्रो कर कानुन अनुसार ठिक छ कि छैन भन्ने बारेमा विज्ञप्ति जारी गराए । मैले सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई पनि निर्देशन दिएँ । यसबारे अध्ययनका लागि १ महिनाको समय दिएर टङ्कमणि शर्माको नेतृत्वमा छानबिन समिति बनाएको र समितिले काम थालिसकेको छ । समितिले दूरसञ्चार प्राधिकरण, आन्तरिक राजस्व कार्यालय लगायतका निकायबाट सम्पूर्ण विवरण मागेर काम थालेको छ । यसमा केही न केही भएको छ भनेर  नै छानबिन समिति बनाएको हो । नेपालको कानुन विपरीत केहि भएको रहेछ भने हदैसम्मको कारबाही गर्नेछौ ।

प्रतिक्रिया दिनुहोस