मालीमा तैनाथ नेपाली शान्ति सैनिक स्वदेश फिर्ता

सफल खबर संवाददाता

मंगलबार, ०३ पुस २०८०, १२ : ०४
मालीमा तैनाथ नेपाली शान्ति सैनिक स्वदेश फिर्ता

काठमाडौं। संयुक्त राष्ट्रसंघले मालीमा रहेको शान्ति मिसन बन्द गरेसँगै नेपाली शान्ति सैनिकहरू स्वदेश फिर्ता भएका छन् ।संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ ईओडी गुल्म (शा.से)नवौं डफ्फाका ५९ जना सैनिक सेनानी प्रज्वल थापाको नेतृत्वमा राष्ट्रसंघको चार्टर्ड विमानद्वारा सोमवार स्वदेश फर्किएका हुन् ।

 

राष्ट्रसंघले मालीमा रहेको शान्ति मिसन बन्द गर्ने निर्णय गरेसँगै उक्त मिसनमा तैनाथ गुल्मका १५६ एवं स्टाफ अधिकृत र सैनिक पर्यवेक्षक १२ समेत १६८ जना नेपाली शान्ति सैनिकहरू मध्ये ९३ जना यस अगावै स्वदेश फर्किसकेका थिए ।

उक्त मिसनमा बाँकी १६ जना नेपाली शान्ति सैनिकहरू पनि छिट्टै स्वदेश फिर्ता हुने सैनिक जनसम्पर्क तथा  सूचना निर्देशनालयले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस