मालीमा तैनाथ नेपाली शान्ति सैनिक फिर्ता

सफल खबर संवाददाता

सोमबार, ०२ पुस २०८०, १५ : ४२
मालीमा तैनाथ नेपाली शान्ति सैनिक फिर्ता

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ रहेको ई.ओ.डि. गुल्म (शा.से.) नवौं डफ्फाका ५९ जना नेपाली शान्ति सैनिकहरू स्वदेश फिर्ता भएका छन् । सेनानी प्रज्वल थापाको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीसहित संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा टोली सोमबार स्वदेश फिर्ता भएको हो ।

संयुक्त राष्ट्रसंघले मालीमा रहेको शान्ति मिसन बन्द गर्ने निर्णय गरेसँगै उक्त मिशनमा तैनाथ ई.ओ.डि. गुल्मका १५६ एवं स्टाफ अधिकृत र सैनिक पर्यवेक्षक १२ समेत १६८ जना नेपाली शान्ति सैनिकहरु मध्ये ९३ जना यस अगावै स्वदेश फिर्ता भईसकेका छन् ।

उक्त मिशनमा बाँकि १६ जना नेपाली शान्ति सैनिकहरु पनि छिट्टै स्वदेश फिर्ता हुने क्रममा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस