बाजुरा । बडिमालिका नगरपालिका-२ खडिगाडमा २ वटा ट्याक्टर आपसमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मार्तडीबाट गौमुल गाउँपालिकातर्फ गइरहेको सु.प.प्रदेश ०१-००२ त ४१०५ नम्बरको ट्याक्टरलाई लु.४ त ७३०५ नम्बरको ट्याक्टरले ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । दुवै ट्याक्टरले सिमेन्ट सरिया बोकेको थिए ।
दुर्घटनामा मृत्यु हुनेहरूमा लु.४ त ७३०५ नम्बरको ट्याक्टर चालक बाजुरा गौमुल गाउँपालिका-६ बस्ने २६ वर्षिय हिक्मत रोकाया, सोही ट्याक्टरमा सवार बडिमालिका नगरपालिका-१ बस्ने ४५ वर्षीय चन्द्र दानी, २३ वर्षीय किट्टी रोकाया र ४१ वर्षीय देवराज जोशी रहेका छन् । हाल फरार सु.प.प्रदेश ०१-००२ त ४१०५ नम्बरको ट्याक्टरका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ पुस २०८०, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाजुरामा पहिरोमा परी ४ जना घाइते
एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली
बाजुरामा रेबिजविरुद्धको खोप अभाव
यस वर्ष चैत महिनामै पुग्यो बाजुराका विद्यालयमा पाठ्यपुस्तक
बाजुराका तेह्र हजार बालबालिकालाई खोप लगाइँदै
बाजुरामा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु