विकास निर्माणमा तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छ : मन्त्री ज्वाला

सफल खबर संवाददाता

सोमबार, ०२ पुस २०८०, १२ : ३२
विकास निर्माणमा तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छ : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विकास निर्माणमा तीन तहको सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

सोमबार १०५ औँ ललितपुर महानगरपालिका स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उनले संविधान कार्यान्वयन र विकास निर्माणमा प्रदेश सरकार, स्थानीय सरकारबिच सहकार्य गर्न संघीय सरकार तयार भएको बताए ।

‘विकास निर्माण र संविधान कार्यान्वयनका लागि तीन तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक छ। पूर्वाधार विकास, फोहोर व्यवस्थापन, यातायात, शिक्षा, स्वास्थ्य, रोजगारीमा देखिएका समस्या समाधान लागि हातेमालो गर्न संघीय सरकार तयार छ’, उनले भने । काठमाडौँ उपत्यकामा देखिएका खाल्टाखुल्टी छ पुर्न भौतिक पूर्वाधार मन्त्रालयले काम गरिरहेको उनले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस