ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ उपत्यकामा देखिएका फोहोर व्यवस्थापनका लागि सरकारले गम्भीर रूपमा लिएको बताएका छन् । यसको दीर्घकालीन समस्या समाधानका लागि आफूले पहल गरिरहेको उनले जानकारी दिए ।
ललितपुर महानगरपालिकाको १०५ औैं स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समस्या समाधानका लागि तीनै तहको सकारबिच सहकार्य आवश्यक भएको बताए ।
‘काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेरै नेतृत्वमा पहल भइरहेको छ । यसका लागि तीनै तहको सरकारबिच समन्वय र सहकार्य हुन आवश्यक छ’, उनले भने । विकास निर्माण, भौतिक पूर्वाधार विकास, सांस्कृतिक सम्पदा तथा ऐतिहासिक सम्पदाको
संरक्षणमा स्थानीय तहले खेलेको भूमिका सराहनीय भएको उनले बताए । सरकारले ल्याएको स्वास्थ्य बिमा महानगरपालिकाले सुरुवात गरेकोमा पनि उनले खुसी व्यक्त गरे
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ पुस २०८०, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो