काठमाडौ । दाङमा टिप्परको ठक्करबाट दुई जनाको ज्यान गएको छ । गएराति घोराही उपमहानगरपालिका-१० धारबैरा चोकमा टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ज्यान गुमाउनेमा प्युठान झिम्रुक गाउँपालिका-४ बाङ्गे बस्ने १७ वर्षीय विशाल जीसी र नौबिहिनी गाउँपालिका-६ बस्ने अन्दाजी १८ वर्षीय सागर केसी रहेका छन् ।
दुर्घटनामा घाइते भई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पुर्याइएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले विपरीत दिशातर्फ जाँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० मंसिर २०८०, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु