काठमाडौ । दाङमा टिप्परको ठक्करबाट दुई जनाको ज्यान गएको छ । गएराति घोराही उपमहानगरपालिका-१० धारबैरा चोकमा टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ज्यान गुमाउनेमा प्युठान झिम्रुक गाउँपालिका-४ बाङ्गे बस्ने १७ वर्षीय विशाल जीसी र नौबिहिनी गाउँपालिका-६ बस्ने अन्दाजी १८ वर्षीय सागर केसी रहेका छन् ।
दुर्घटनामा घाइते भई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पुर्याइएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले विपरीत दिशातर्फ जाँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० मंसिर २०८०, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर दाजुभाइको मृत्यु
वीरगन्जमा पौडी खेल्ने क्रममा डुबेर २ दाजुभाईको मृत्यु
टेक्सास गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु
पाँचथरमा एकै वर्षमा लडेर २५ जनाको मृत्यु
करेन्ट लागेर २४ वर्षीय युवकको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु