काठमाडौँ । विशेष अदालतले शुक्रबार घुस लिएको सम्बन्धी तीनवटा फरक मुद्दामा प्रतिवादीलाई दोषी ठहर गरेको छ । २ लाख रुपैयाँ घुससहित पक्राउ परेका नेपाल प्रहरीका लेखापाल विनोद विष्ट, २० हजार रुपैयाँ घुससहित पक्राउ परेका सशस्त्र प्रहरीका सहायक हवल्दार नगेन्द्र सेन र २ लाख रुपैयाँ घुससहित पक्राउ परेका जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय बसुन्धराका सब-इन्जिनियर दीपेन्द्रकुमार केसी दोषी ठहर भएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्टलाई गत असार २० गते काठमाडौँबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल रहेका नायब निरीक्षक-सई विष्टले भवन निर्माणको म्याद थप तथा सहजीकरणका लागि घुस लिएको आरोप लागेको थियो ।
यस्तै, सुरक्षा बेस क्याम्प, विष्णुपुरा रुपन्देहीमा कार्यरत सेनले ट्याक्टरमा माटो ओसार्नेसँग घुस लिएको आरोपमा गत वैशाख ३ गते अख्तियारको टोलीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ मंसिर २०८०, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवहेलनाको प्रतिवेदन सुनुवाई गर्न विशेष अदालतमा सबै न्यायाधीशको इजलास गठन
मेलम्चीको पाइप फुटेर भेल पसेपछि विशेष अदालतको सुनुवाइ रोकियो
कुर्मीको शैक्षिक प्रमाणपत्र नक्कली भएको विशेष अदालतको ठहर