बालकृष्ण खाणसँग सम्पत्ति शुद्धीकरण विभागले माग्यो १५ लाख धरौटी

सफल खबर संवाददाता

शुक्रबार, २९ मंसिर २०८०, १६ : ०१
बालकृष्ण खाणसँग सम्पत्ति शुद्धीकरण विभागले माग्यो १५ लाख धरौटी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त कांग्रेस नेता तथा पुर्व गृहमन्त्री बालकृष्ण खाणसँग सम्पत्ति शुद्धीकरण विभागले १५ लाख रुपैयाँ धरौटी मागेको छ । शुक्रबार काठमाडौँ जिल्ला अदालतमा ३० लाख धरौटी बुझाएर विभाग लगिएका खाणसँग विभागले १५ लाख मागेपछि विभागमा सो रकम बुझाएका छन् ।

विभागमा खाणले धरौटी बुझाएलगत्तै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । खाणमाथि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारले पनि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस