काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । बीमा सर्भेयर संघ नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनीकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन । मलाई समस्या आउँदैन, बीमामा किन सहभागी हुने भन्ने धारणा छ,’ उनले भने ।
अहिले बीमा सचेतनाको आवश्यकता रहेको उनको भनाइ छ । ‘जीवन बीमा होस् वा निर्जीवन बीमा, जोखिममा पर्यो भने झमेला हुँदैन भन्ने विश्वास दिलाउन सक्नुपर्छ । नेपालमा दुईवटा समस्या छ, हरेकलाई समस्या आइपर्न सक्छ, अहिले हामीले केही योगदान दिएर भोलि आइपर्न सक्ने ठूलो जोखिमको निवारण बीमाबाट हुन्छ भन्ने सचेतना जगाउनुपर्ने छ,’ अर्थमन्त्री महतले भने ।
बीमा गरिसकेको व्यक्तिलाई आपत् परेको समयमा तिर्न बीमा कम्पनीहरुले आनाकानी गर्ने गरेका कारण यसले सम्भावित बीमा लिन खोज्नेहरुलाई पनि बीमा विस्तारमा अवरोध पुर्याउने गरेको उनको भनाइ थियो ।
बीमामा देखिएका समस्या समाधानका लागि यससँग जोडिएका सबै र बीमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन गर्नुपर्नेमा मन्त्री महतले आग्रह गरे । उनले व्यवसायिकतालाई मध्यनजर राखेर काम गर्नुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ मंसिर २०८०, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने