काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । बीमा सर्भेयर संघ नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनीकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन । मलाई समस्या आउँदैन, बीमामा किन सहभागी हुने भन्ने धारणा छ,’ उनले भने ।
अहिले बीमा सचेतनाको आवश्यकता रहेको उनको भनाइ छ । ‘जीवन बीमा होस् वा निर्जीवन बीमा, जोखिममा पर्यो भने झमेला हुँदैन भन्ने विश्वास दिलाउन सक्नुपर्छ । नेपालमा दुईवटा समस्या छ, हरेकलाई समस्या आइपर्न सक्छ, अहिले हामीले केही योगदान दिएर भोलि आइपर्न सक्ने ठूलो जोखिमको निवारण बीमाबाट हुन्छ भन्ने सचेतना जगाउनुपर्ने छ,’ अर्थमन्त्री महतले भने ।
बीमा गरिसकेको व्यक्तिलाई आपत् परेको समयमा तिर्न बीमा कम्पनीहरुले आनाकानी गर्ने गरेका कारण यसले सम्भावित बीमा लिन खोज्नेहरुलाई पनि बीमा विस्तारमा अवरोध पुर्याउने गरेको उनको भनाइ थियो ।
बीमामा देखिएका समस्या समाधानका लागि यससँग जोडिएका सबै र बीमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन गर्नुपर्नेमा मन्त्री महतले आग्रह गरे । उनले व्यवसायिकतालाई मध्यनजर राखेर काम गर्नुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ मंसिर २०८०, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट प्रस्तुत भएको १७ दिनपछि संसद्मा छलफल सुरु
बजेट ल्याएको भोलिपल्ट अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्दै
ब्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री
अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटवार्ता
राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश, कर आधार विस्तार गर्न सुझाव
अर्थमन्त्रीलाई कर्मचारी ट्रेड युनियनले बुझायो २२ बुँदे माग