पूर्वगृहमन्त्री खाँणको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा

सफल खबर संवाददाता

विहीबार, २८ मंसिर २०८०, ११ : ०६
पूर्वगृहमन्त्री खाँणको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मुद्दा आज उच्च अदालत पाटनमा तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ हुँदै छ।

न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उनको मुद्दाको सुनुवाइ हुने भएको हो । जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाँणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएकाले उनको निवेदनको सुनुवाइ तेस्रो न्यायाधीशको इजलासमा हुन लागेको हो । १५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो ।

पाण्डेले ३० लाख रुपैयाँ धरौटी राखे छाडिदिन सकिने राय दिएका थिए भने खरेलले जिल्ला अदालतको आदेश सदर गरी थुनामै बस्नुपर्ने राय प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस