जबरजस्ती करणी गरेको अभियोगमा वृद्ध पक्राउ

सफल खबर संवाददाता

बुधबार, २७ मंसिर २०८०, १२ : ४२
जबरजस्ती करणी गरेको अभियोगमा वृद्ध पक्राउ

तनहुँ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सारूले ती बालिकालाई आफ्नै घरको कोठामा विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस