काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा कविता प्रतियोगिता आयोजना गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ३०२ औं पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते राप्रपाले ४० वर्ष ननाघेका युवाको कविता प्रतियोगिता गर्न लागेको जानकारी दिए ।
कविता पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसँग सम्बन्धित विषयमा हुनुपर्ने उनको भनाइ छ । प्रगियोगितामा प्रथम हुने कविलाई रु। एक लाख नगद प्रदान गरिने राप्रपाले जनाएको छ। राप्रपाले स्वदेश तथा विदेशमा रहेका इच्छुक कविहरुलाई प्रतियोगितामा सहभागी हुन राप्रपाको खुला आह्वान गरेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ मंसिर २०८०, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने