काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दैछ ।रास्वपाको संसदीय दलकी सचेतक निशा डाँगीले आज पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने जानकारी दिइन् ।
उनले बैठकमा संसदीय दलको विधान र संसद्को आगामी अधिवेशनबारे छलफल हुने बताइन् ।‘आज अपरान्ह चार बजे संसदीय दलको बैठक बस्ने तय भएको छ । संसदीय दलको विधान र संसद्को आगामी अधिवेशनलगायत विविध विषय बैठकको एजेन्डा छन्’, सचेतक डाँगीले भनिन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ मंसिर २०८०, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने
रास्वपाका उम्मेदवारका प्रस्तावक–समर्थकका लागि ५ बुँदे मापदण्ड
रास्वपा महाधिवेशन : नेतृत्व नचुनिदैं मनोनितको लफडा
रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण
रास्वपाको बन्दसत्र आजलाई स्थगित
पार्टीमा कुनै समूह छैन: मनिष झा