काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरूसँग छलफल सकेको छ । प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध विभिन्न १० जना व्यक्तिले उजुरी दिएका थिए ।
आइतबार समितिको बैठकमा उजुरीकर्तासँग उनीहरूले उजुरीमा उठाएका विषयमा छलफल गरिएको हो । अब प्रस्तावित न्यायाधीशहरूको सुनुवाइी २९ मंसिरमा मात्र हुने संघीय संसद सचिवालयले जनाएको छ । यस बीचमा केही राजनीतिक दलको आन्तरिक कार्यक्रम तय भएकाले सुनुवाइ मिति पछाडि सारिएको बताइएको छ ।
न्यायपरिषदको ५ मंसिरमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो । उनीहरूको संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्र नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ मंसिर २०८०, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार