सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा

सफल खबर संवाददाता

आइतबार, २४ मंसिर २०८०, १० : ५८
सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ । अन्तिम सुनुवाइका लागि लामिछानेविरुद्धको मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पाण्डेयको इजलासमा पेसी तोकिएको हो ।

यसअघि गत कात्तिक २३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट माग गरेको थियो । दुवै पक्षबाट बहस नोट पेश भएपछि आइतबार सुनुवाइका लागि पेशी तोकिएको हो ।

अब दुवै पक्षले बहस नोटमा जिकिर लिएका विषयहरुलाई थप प्रष्ट पार्न अन्तिम सुनुवाइ गर्नेछन् । त्यसपछि न्यायाधीशले आफ्नो फैसला सुनाउने वा निर्णय सुनाउन अर्को पेसी तोक्न सक्नेछन् । आइतबार निर्णय सुनाउने आदेश भएमा भने पछि पनि आज पेसी परेका न्यायाधीशले नै फैसला गर्नुपर्नेछ ।