काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ । अन्तिम सुनुवाइका लागि लामिछानेविरुद्धको मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पाण्डेयको इजलासमा पेसी तोकिएको हो ।
यसअघि गत कात्तिक २३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट माग गरेको थियो । दुवै पक्षबाट बहस नोट पेश भएपछि आइतबार सुनुवाइका लागि पेशी तोकिएको हो ।
अब दुवै पक्षले बहस नोटमा जिकिर लिएका विषयहरुलाई थप प्रष्ट पार्न अन्तिम सुनुवाइ गर्नेछन् । त्यसपछि न्यायाधीशले आफ्नो फैसला सुनाउने वा निर्णय सुनाउन अर्को पेसी तोक्न सक्नेछन् । आइतबार निर्णय सुनाउने आदेश भएमा भने पछि पनि आज पेसी परेका न्यायाधीशले नै फैसला गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ मंसिर २०८०, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लंका प्रिमियर लिगमा सन्दीप लामिछाने जाफ्ना किङ्समा अनुबन्धित
एकदिवसीय खेलमा सन्दीपको नयाँ कीर्तिमान, ७३ खेलमा लिए १५० विकेट
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त