धमाधम यातायात कार्यालयहरु अनलाइन प्रणालीमा

पत्रपत्रिकाबाट

आइतबार, २४ मंसिर २०८०, ०८ : ०९
धमाधम यातायात कार्यालयहरु अनलाइन प्रणालीमा

काठमाडौ । सेवाग्राहीको चाप कम गर्दै छिटोछरितो सेवा प्रवाहका लागि यातायात कार्यालयमा अनलाइन प्रणाली सञ्चालनमा तीव्रता दिइएको छ ।

आर्थिक वर्ष २०८०-८१ मा १८ वटा यातायात कार्यालयलाई अनलाइन   प्रणालीमा   लगिने   योजनाअनुसार   हालसम्म १४ वटा कार्यालयमा अनलाइन प्रणाली सुरु भएको छ ।

यातायात   व्यवस्था   विभागका   अनुसार   पछिल्लो  एक  सातामा  धनगढी,  महेन्द्रनगर,  नेपालगन्ज, बुटवल र दाङको यातायात कार्यालयमा अनलाइन प्रणालीबाट सेवा सुरु भएको छ ।

अब अनलाइनबाटै सवारीसाधन दर्ता, लाइसेन्सको कर बुझाउने,  नामसारी,  दर्ता  खारेज  र  सवारीसाधन  नवीकरण जस्ता कार्य  हुने छन्, गोरखापत्रमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस