राज्य व्यवस्था समितिले प्रधानसेनापतिलाई बोलायो

सफल खबर संवाददाता

शुक्रबार, २२ मंसिर २०८०, १५ : ०६
राज्य व्यवस्था समितिले प्रधानसेनापतिलाई बोलायो

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानसेनापतिलाई बोलाएको छ । फास्ट ट्याकलगायतका विषयमा छलफल गर्न समितिले आगामी मंसिर २७ गते प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको हो ।

यस्तै नेपाली सेनाभित्रको नक्कली प्रमाणपत्रको बारेमा उपयुक्त समयमा रक्षामन्त्रीलाई बोलाएर छलफल गर्ने समेत निर्णय भएको सभापति रामहरि खतिवडाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस