नागढुंगाबाट दुई किलो सुन बरामद

सफल खबर संवाददाता

शुक्रबार, २२ मंसिर २०८०, १३ : २४
नागढुंगाबाट दुई किलो सुन बरामद

काठमाडौँ । नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको हो ।

एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार रसुवा नाकाबाट काठमाडौं तर्फ ल्याइँदै गरेको दुई किलो सुन बरामद गरिएको हो । विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस