काठमाडौँ । सांसद गगन थापाले एनसेल प्रकरणको छानबिन गर्न सरकारले बनाएको समिति माथि यो समितिले छानबिन गर्नुपर्ने बताएका छन् । शुक्रवार बसेको राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
एनसेल प्रकरणमा ठुलै भ्रष्टाचार भएको दाबी थापाको छ। ‘सरकारले बनाएको समितिले चोख्याउने व कारबाही के गर्छ भनेर यो समितिले नजिकबाट नियाल्नुपर्छ’ कांग्रेस महामन्त्री समेत रहेका थापाले भने ।
थापाले पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत समयमै पठाउनुपर्ने समेत बताए। उनले सिंहदरबारमा प्रमुख प्रशासकीय अधिकृत खोज्न दैनिक ५० बढी पालिका अध्यक्ष धाउने गरेकाले उनीहरूको माग तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ मंसिर २०८०, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा