नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्दीप रायमाझीसहित ६ जना रिहा

सफल खबर संवाददाता

विहीबार, २१ मंसिर २०८०, १३ : ०४
नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्दीप रायमाझीसहित ६ जना रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ६ जना रिहा भएका छन् । सो प्रकरणमा सम्लग्न सन्दीप रायमाझीसहित ६ जना रिहा भएका हुन् ।उच्च अदालत पाटनले तोकेका धरौटी बुझाउने ५ जना र साधारण तारेखमा छाड्न आदेश भएका एकजना आशिष बुढाथोकी छुटेका हुन् ।

धरौटी तिरेर छुट्ुनेमा केन्द्रीय कारागारमा रहेका शमशेर मियाँ,नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी छन् । सन्दीप टोपबहादुर रायमाझीका छोरा हुन् । सोही प्रकरणमा टोपबहादुर रायमाझी थुनामै छन् ।

उच्च अदालतका न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजरासले मंसिर १५ गते सन्दीपसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटीमा छाड्न आदेश पाएका टेकनाथ रिजाल भने थुनामै छन् ।

 

प्रतिक्रिया दिनुहोस