पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु तथा मदिरा बिक्री वितरणमा प्रतिबन्ध

सफल खबर संवाददाता

विहीबार, २१ मंसिर २०८०, ११ : ५३
पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु तथा मदिरा बिक्री वितरणमा प्रतिबन्ध

काठमाडौं। पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु तथा मदिरा बिक्री वितरणमा प्रतिबन्ध गरिएको छ ।यही मङ्सिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई दृष्टिगत गरी पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा आजदेखि मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न प्रतिबन्ध गरिएको हो ।

 

गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यही मङ्सिर २७ गतेसम्म मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवनमा पूर्णरुपमा रोक लगाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजकुमार खत्रीले जानकारी दिए ।

उनले भने, ‘पशुपतिनाथ आसपासका विभिन्न क्षेत्रमा मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचना प्रकाशित गरेका छौं, उक्त सूचनाको बर्खिलाप हुने गरी कुनै काम भएमा प्रचलित कानूनबमोजिम कारबाही हुनेछ ।’

 

 

प्रतिक्रिया दिनुहोस