काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजनीतिक मान्यता स्थापनाका साथै सुशासन र विकासका लागि जनदबाबका कार्यक्रम गर्ने निर्णय गरेको छ।
बुधवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले पुस, माघ, फागुन र चैत्र महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने बताए।
उनले कार्यसमितिको बैठकले पार्टीको नियमावली पास गर्ने निर्णय गरेको बताए। अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी छुट्टै राजनीतिक पार्टी भएकाले अस्थिरता, अराजकता भित्र आफ्नो भविष्य नखोज्ने पनि बताए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० मंसिर २०८०, १९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् राप्रपाले बुझाएको ११० समानुपातिक उम्मेदवारहरू (सूची)
भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज