नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा

सफल खबर संवाददाता

बुधबार, २० मंसिर २०८०, १२ : ११
नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा

काठमाडौं । नबिल बैंकले कियोस्क मेसिन मार्फत चेक क्लियरिङ गर्न सकिने सुविधा प्रारम्भ गरेको छ । यस सुविधामार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयंले कियोस्कमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्ने बैंकले जानकारी दिएको हो ।

यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकुल पारि कार्यलय समय बाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्ने बैंकको दाबी छ । यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्फूर्त रूपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरूले पूर्ण रुपमा लाभ लिनेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।

हाललाई नबिल बैंकका काठमाडौं उपत्यकामा  ६ र उपत्यका बाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा संचालनमा ल्याएको छ । बैंकका अनुसार उपत्यकाभित्र तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँ बानेश्वर, न्यूरोड र कुलेश्वर शाखाबाट तथा उपत्यका बाहिरका विराटनगर, वीरगन्ज, पोखरा र बुटवल शाखामा यो सुविधा पाउन सकिनेछ ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ । नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ ।

प्रतिक्रिया दिनुहोस