बुटवल। पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको सर्देवामा सञ्चालित सीजी सिमेन्ट उद्योगमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।आइतवार राति उद्योगको कम्पाउण्डभित्र माटो बोकेर अर्को स्थानमा सार्ने क्रममा लु१क ३१६१ नम्बरको टिप्पर पल्टिँदा रिब्दीकोट गाउँपालिका १ ख्याहा बस्ने वर्ष २४ का शिवबहादुर पालुङ्गेको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले गम्भीर घाइते पालुङ्गेलाई उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज, तानसेन ल्याउने क्रममा मृत्यु भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ मंसिर २०८०, १४ : २०
लेखकबाट थप