पानामा रोगको नयाँ प्रजाति स्थानीय तहबाट व्यवस्थापन र नियन्त्रण गरिने

सफल खबर संवाददाता

आइतबार, १७ मंसिर २०८०, १६ : ४५
पानामा रोगको नयाँ प्रजाति स्थानीय तहबाट व्यवस्थापन र नियन्त्रण गरिने

काठमाडौँ । केरामा लाग्ने पानामा रोगको नयाँ प्रजाति ( टीआर फोर) रोगको पहिचान, व्यवस्थापन र नियन्त्रण स्थानीय तहबाट गरिने भएको छ । स्थानीय तहबाट सो रोगको पहिचान , व्यवस्थापन र नियन्त्रण गर्न स्थानीय तहका २५ बढी प्राविधिकलाई नार्क अन्तर्गत राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र र खाद्य तथा कृषि संगठन नेपालबिचको सहकार्यमा टीआर फोरको तालिम दिइएको हो । 

 

ती प्राविधिकले टीआर फोर रोगको पहिचान , व्यवस्थापन र नियन्त्रणका लागि देशभरबाट सहयोग पुर्‍याउने कृषि अनुसन्धान परिषद् ( नार्क ) अन्तर्गत राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. राम बहादुर खड्काले बताए । टीआर फोर रोगको जाँचका लागी नमुना सङ्कलन, व्यवस्थापन , नियन्त्रणमा स्थानीय तहका प्राविधिकले नेतृत्व लिनु पर्ने वैज्ञानिक डा. खड्काले उल्लेख गरे ।

तालीम प्राप्त प्राविधिकले स्थानीय तहमा गएर सो रोग पहिचान, नियन्त्रण र व्यवस्थापनमा सहयोग पुग्ने राष्ट्रिय कृषि प्राविधिक सूचना केन्द्रका प्रमुख डा. कालिका प्रसाद उपाध्यायले बताए । देशभरका २५ बढी प्राविधिकलाई गत शुक्रबारबाट नेपाल कृषि अनुसन्धान परिषद् ( नार्क ) ले सो रोगको व्यवस्थापन, नियन्त्रणका लागि तालीम दिएको हो । प्रदेश अन्तर्गत बाली संरक्षण प्रयोगशाला, कृषि विश्वविद्यालय र विभिन्न अनुसन्धान केन्द्रबाट प्राविधिकहरूको सहभागिता थियो ।

पछिल्लो पटक कैलाली, नवलपरासी लगायत जिल्लामा नयाँ प्रजातिको पानामा रोग देख परेको छ । पानामा रोग गत साउनमा कैलालीको टिकापुरमा पहिलोपटक देखापरेको थियो । 

प्रतिक्रिया दिनुहोस