काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । आइतबार चिनियाँ यात्रुको ह्यान्डब्यागमा आगो लागेको हो। एयर चाइनाको जहाजबाट चीन जान बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको ती यात्रुको ह्याण्डब्यागमा आगो लागेको विमानस्थलमा प्रवक्ता सुवास झाले जानकारी दिए ।
ती चिनियाँ नागरिक ब्यागभित्र रहेको पावरब्यांकमा जोडेर आइप्याड चलाइरहेका थिए । उक्त पावरब्यांक पड्कँदा ह्यान्डब्यागमा आगो लागेको र विमानस्थलका कर्मचारीहरुले तत्काल निभाएको झाले बताए ।
घटनामा अरू कुनै क्षति भएको छैन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ मंसिर २०८०, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यात्रुलाई दुःख दिएको आरोपमा त्रिभुवन विमानस्थल परिसरबाट १८ जना समातिए
त्रिभुवन विमानस्थलमा हवाई उडान अवरुद्ध, अन्तर्राष्ट्रिय र आन्तरिक दुवै रोकिए
अनिश्चितकालका लागि बन्द गरियो त्रिभुवन विमानस्थल
त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा पाण्डे