प्रादेशिक अस्पतालहरुमा फिजियोथेरापिस्टको दरबन्दी थप गर्ने मन्त्री जोशीको प्रतिवद्धता

सफल खबर संवाददाता

आइतबार, १७ मंसिर २०८०, १२ : ४९
प्रादेशिक अस्पतालहरुमा फिजियोथेरापिस्टको दरबन्दी थप गर्ने मन्त्री जोशीको प्रतिवद्धता

चितवन  ।  बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सबै प्रादेशिक अस्पतालहरुमा फिजियोथेरापिस्टको दरबन्दी थपका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आधुनिक चिकित्सा पद्धतिका रुपमा फिजियोथेरापीले महत्वपूर्ण भूमिका खेल्ने भन्दै मन्त्री जोशीले फिजियोथेपापिस्टको दरबन्दी थपका लागि पहल गर्ने बताए ।

नेपाल फिजियोथेरापी संघले चितवनमा आयोजना गरेको ११औँ अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले यस्तो बताएका हुन । चिकित्सा पद्धतिमा फिजियोथोपी निकै प्रभावकारी हुने मन्त्री जोशीको भनाई थियो । उनले स्वास्थ्य क्षेत्रको महत्वपूर्ण अगंको रुपमा रहेको फिजियोथोपी सेवालाई प्रादेशिक अस्पतालहरुमा विस्तार गर्ने बिषयलाई गम्भीरताका साथ लिने बताए । 'यसलाई सरकारले दिने स्थान, नीति निर्माणमा समेट्ने बिषयमा मेरो ध्यानाकर्षण भएको छु उनले भने, स्वास्थ्य क्षेत्रको अगंको रुपमा रहेको फिजियोथोपी सेवालाई कसरी विस्तार गर्न सकिन्छ भन्ने बिषयलाई गम्भीरताका लिनेछु ।'

अस्पतालहरुमा फिजियोथेरापिस्ट थोरै भएका कारण बिरामीले पाउनुपर्ने जति सेवा पाउन नसकेको मन्त्री जोशीको भनाइ थियो । उनले फिजियोथेरापी सेवा सरकारी, निजी तथा प्राकृतिक चिकित्सालयमा अत्यावश्यक रहेको औंल्याए । सरकारी अस्पतालमा सेवा विस्तार गर्ने र निजी अस्पताललाई स्वीकृति दिँदा नै फिजियोथेरापी सेवा अनिवार्य गरेर मात्रै दिनुपर्नेमा उनले जोड दिए ।

बागमती प्रदेश अन्तर्गतका प्रादेशिक अस्पतालहरुमा फिजियोथेरापीको दरबन्दी थप भइरहेको पनि उनले जानकारी दिए। प्रदेशका १३ वटै अस्पतालमा दरबन्दीका लागि प्रस्ताव भइसकेको र भक्तपुर, सिन्धुली, नुवाकोटमा स्वीकृति गरेर पठाइसकेको पनि मन्त्री जोशीले जानकारी दिए ।

फिजियोथेरापी विषय पढ्ने विद्यार्थी नेपालमै पढ्ने वातावरण बनाउन संघीय सरकारका स्वास्थ्य मन्त्री र आफूसमेत लागि परेको मन्त्री जोशीले जानकारी दिए। तिनै तहका अस्पतालमा फिजियोथेरापीको दरबन्दी र सेवा विस्तारका लागि आफूले सक्दो पहल गर्ने मन्त्री जोशीको प्रतिवद्धता थियो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सबै प्रादेशिक अस्पतालहरुमा फिजियोथेपापिस्टको दरबन्दी थपका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आधुनिक चिकित्सा पद्धतिका रुपमा फिजियोथेरापीले महत्वपूर्ण भूमिका खेल्ने भन्दै मन्त्री जोशीले फिजियोथेपापिस्टको दरबन्दी थपका लागि पहल गर्ने बताएका हुन ।

नेपाल फिजियोथेरापी संघले चितवनमा आयोजना गरेको ११औँ अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताए । चिकित्सा पद्धतिमा फिजियोथोपी निकै प्रभावकारी हुने मन्त्री जोशीको भनाई थियो । उनले स्वास्थ्य क्षेत्रको महत्वपूर्ण अगंको रुपमा रहेको फिजियोथोपी सेवालाई प्रादेशिक अस्पतालहरुमा विस्तार गर्ने बिषयलाई गम्भीरताका साथ लिने बताए । ुयसलाई सरकारले दिने स्थान, नीति निर्माणमा समेट्ने बिषयमा मेरो ध्यानाकर्षण भएको छु उनले भने, स्वास्थ्य क्षेत्रको अगंको रुपमा रहेको फिजियोथोपी सेवालाई कसरी विस्तार गर्न सकिन्छ भन्ने बिषयलाई गम्भीरताका लिनेछु ।ु

अस्पतालहरुमा फिजियोथेरापिस्ट थोरै भएका कारण बिरामीले पाउनुपर्ने जति सेवा पाउन नसकेको मन्त्री जोशीको भनाइ थियो । उनले फिजियोथेरापी सेवा सरकारी, निजी तथा प्राकृतिक चिकित्सालयमा अत्यावश्यक रहेको औंल्याए । सरकारी अस्पतालमा सेवा विस्तार गर्ने र निजी अस्पताललाई स्वीकृति दिँदा नै फिजियोथेरापी सेवा अनिवार्य गरेर मात्रै दिनुपर्नेमा उनले जोड दिए ।

बागमती प्रदेश अन्तर्गतका प्रादेशिक अस्पतालहरुमा फिजियोथेरापीको दरबन्दी थप भइरहेको पनि उनले जानकारी दिए। प्रदेशका १३ वटै अस्पतालमा दरबन्दीका लागि प्रस्ताव भइसकेको र भक्तपुर, सिन्धुली, नुवाकोटमा स्वीकृति गरेर पठाइसकेको पनि मन्त्री जोशीले जानकारी दिए ।

फिजियोथेरापी विषय पढ्ने विद्यार्थी नेपालमै पढ्ने वातावरण बनाउन संघीय सरकारका स्वास्थ्य मन्त्री र आफूसमेत लागि परेको मन्त्री जोशीले जानकारी दिए । तिनै तहका अस्पतालमा फिजियोथेरापीको दरबन्दी र सेवा विस्तारका लागि आफूले सक्दो पहल गर्ने मन्त्री जोशीको प्रतिवद्धता थियो ।     

प्रतिक्रिया दिनुहोस