मकवानपुर । मकवानपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार साँझ काठमाण्डौबाट मकवानपुरको चखेल तर्फ आउँदै गरेको बा२ख ७२७२ नम्बरको बसले ठक्कर दिएको थियो । मृत्यु हुनेमा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ कुवा बस्ने ७० वर्षकी कान्छीमाया घलान रहेको मकवानपुर प्रहरीले जनाएको छ । उनी सोही बसमा यात्रा गरि आएकी थिइन् ।
बसबाट झर्ने क्रममा बस एक्कासि अगाडी बढ्दा घलानलाई ठक्कर दिएर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।
बसको ठक्करबाट लडेकी घलानको शरीरको विभिन्न भागमा चोट लागेको र उनलाई तत्काल उपचारको लागी काठमाडौँ स्थित बि एन्ड बि अस्पताल पु¥याइएकोमा उपचारको क्रममा राति चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ मंसिर २०८०, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु