मकवानपुर । मकवानपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार साँझ काठमाण्डौबाट मकवानपुरको चखेल तर्फ आउँदै गरेको बा२ख ७२७२ नम्बरको बसले ठक्कर दिएको थियो । मृत्यु हुनेमा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ कुवा बस्ने ७० वर्षकी कान्छीमाया घलान रहेको मकवानपुर प्रहरीले जनाएको छ । उनी सोही बसमा यात्रा गरि आएकी थिइन् ।
बसबाट झर्ने क्रममा बस एक्कासि अगाडी बढ्दा घलानलाई ठक्कर दिएर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।
बसको ठक्करबाट लडेकी घलानको शरीरको विभिन्न भागमा चोट लागेको र उनलाई तत्काल उपचारको लागी काठमाडौँ स्थित बि एन्ड बि अस्पताल पु¥याइएकोमा उपचारको क्रममा राति चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ मंसिर २०८०, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु