फिलिपिन्सको एक विश्वविद्यालयको व्यायमशालामा विष्फोट

सफल खबर संवाददाता

आइतबार, १७ मंसिर २०८०, ०९ : ५३
फिलिपिन्सको एक विश्वविद्यालयको व्यायमशालामा विष्फोट

एजेन्सी । दक्षिणी फिलिपिन्सको एक विश्वविद्यालयको व्यायामशालामा भएको विस्फोटमा तीन जनाको मृत्यु छ।

नौ जना घाइते भएको अलजजिराले जनाएको छ। मारावी शहरको मिन्डानाओ स्टेट विश्वविद्यालयमा रहेको क्याथोलिक जन सेवामा विस्फोट भएको हो। शैक्षिक संस्थाहरूमा हुने आतङ्ककारी हमलाको निन्दा गर्दै मिन्डानाओका गर्भनरले यो घटनाले युवा र देशको भविष्यमा समेत असर पारेको बताएका छन्। 

मिन्डानाओ स्टेट विश्वविद्यालयले आक्रमणबाट दुःख व्यक्त गर्दै अर्को सूचना नभएसम्म कक्षाहरू स्थगित गरेको छ। इस्लामिक स्टेट समर्थक लडाकुहरूले विष्फोट गराएको भन्दै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ। मिन्डानाओ दशकौंदेखि इस्लामिक विद्रोही समूहको बीचमा हिंसामा परेको छ। 

२०१७ मा पनि विद्रोही समूहको आक्रमणमा परि १ हजार भन्दा धेरैले ज्यान गमाएका थिए। 

प्रतिक्रिया दिनुहोस