काठमाडौं। महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।
काठमाडौं महानगरभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि ट्याब्लेटमार्फत् तथ्यांक संकलन तथा सुपरिवेक्षण गर्न कर्मचारी मागिएको महागरले जारी गरेको सूचनामा उल्लेख छ ।
बढीमा पाँच महिनाका लागि नियुक्ति दिन लागिएको महानगरले जनाएको छ । पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ । अनलाइनबाट आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ मंसिर २०८०, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरपालिकाले युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने
काठमाडौं महानगरको बजेट आज नआउने