काठमाडौं। उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई थुनामुक्त गर्न आदेश दिएको छ ।७६ वर्षीय रिजाललाई काठमाडौं जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश उच्च अदालतले बदर गरिदिएको हो ।
रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।रिजाल भुटानी अधिकारवादी नेता हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ मंसिर २०८०, १६ : ५०
लेखकबाट थप