रामशरण केसी र टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

सफल खबर संवाददाता

शुक्रबार, १५ मंसिर २०८०, १६ : २२
रामशरण केसी र टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं। उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा रामशरण केसी र टेकनाथ रिजाललाई  जनही १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले शुक्रबार यस्तो आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंले गएको असार १ गते रायमाझी, खाँणसहित १६ प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश गरेको थियो उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा रामशरण केसी र टेकनाथ रिजाललाई  जनही १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले शुक्रबार यस्तो आदेश दिएको हो ।जिल्ला अदालत काठमाडौंले गएको असार १ गते रायमाझी, खाँणसहित १६ प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश गरेको थियो ।

जिल्ला अदालतको आदेशपछि टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी र टोपबहादुरका छोरा सन्दीप रायमाझी, बिचौलियाका रूपमा चिनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी, रामशरण केसी र हरिभक्त महर्जनलगायत थुनामा गएका थिए ।​ 

प्रतिवादीद्वय लक्ष्मी महर्जन र टंक गुरुङलाई भने धरौटी तारेखमा छाडिएको थियो ।थुनामा रहेका प्रतिवादीहरू जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका थिए ।नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनेर २८ करोड ८१ लाख रुपैयाँ ठगी गरेको आरोप प्रतिवावदीहरूमाथि छ ।

तत्कालीन अवस्थामा पक्राउ परेका १८ र फरार रहेका १२ जना गरी ३० जनालाई प्रतिवादी बनाई दायर गरिएको मुद्दाको फैसला भने जिल्ला अदालतबाटै आउनेछ ।जिल्ला अदालत काठमाडौंमा यो मुद्दाको अन्तिम सुनुवाइ शुरू हुन बाँकी नै छ । 

प्रतिक्रिया दिनुहोस