काठमाडौं। युद्धविरामको अवधि सकिएसँगै इजरायलले गाजामा पुन: आक्रमण शुरू गरेको छ । इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा कम्तीमा नौ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था अलजजिराले जनाएको छ ।
समाचारमा जनाइएअनुसार मध्य गाजाको अल-मगाजी क्षेत्रमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । इजरायलले खान युनिसका बासिन्दालाई यस क्षेत्रमा अपेक्षित आक्रमण हुनुअघि नै छोड्न आग्रह गरिरहेको थियो ।
नोभेम्बर २४ मा शुरू भएको र दुई पटक विस्तार गरिएको सात दिनको युद्धविरामका क्रममा दुवै तर्फबाट केही बन्दी र कैदी रिहा भएका थिए ।गत शुक्रबार हमास र इजरायलबीच युद्धविराम सम्झौताको घोषणा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ मंसिर २०८०, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद