काठमाडौ । वैदेशिक रोजगारीका लागि बेलायत जान ७१ नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । वैदेशिक रोजगार विभागले ७१ जनाको नाम सार्वजनिक गर्दै अन्तर्वार्ताका लागि बोलाएको हो ।
बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायत सरकारका प्रतिनिधिबिच २०७९ भदौ ६ गते सम्झौता सम्पन्न भएको थियो ।
वैदेशिक रोजगार विभागले गएको साउन ५ देखि तीन महिनाको समयावधि तोकेर एक सय जना नर्सका लागि अनलाइन आवेदन आह्वान गरेको थियो ।
तीनमहिने अवधि राखेर आह्वान गरिएको आवेदनमा सात सय बढीको आवेदन परेकामा दुुई देशका प्रतिनिधिले तयार गरेको प्रोटोकल अनुसार ७५ जना मात्रै छनोट भएका हुुन् । जसमा चार जना अनुुपस्थित रहेकाले अन्तर्वार्तामा ७१ जना मात्रै सहभागी हुने खबर गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १५ मंसिर २०८०, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यूनतम तलब, भत्ता र सेवा-सुविधा सुनिश्चित गर्न माग राख्दै देशभरका नर्स आन्दोलित
नर्सको समस्या समाधानका लागि सातै प्रदेशमा कार्यदल गठन
नर्सका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन
काम अनुसारको दाम नपाउँदा नर्स पलायन
परोपकार प्रसूति गृहमा स्टाफ नर्सका लागि दरखास्त आह्वान
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी