जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्वलाई जानकारी गराइने

सफल खबर संवाददाता

विहीबार, १४ मंसिर २०८०, १९ : ११
जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्वलाई जानकारी गराइने

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् । कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुगेकान प्रधानमन्त्री ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण नेपाल जस्ता देशहरुले भोग्नु परेको असरका बारेमा पनि विश्व समुदायलाई ध्यानाकर्षण गराउने जानकारी दिए । प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्मेलनमा माग्नेका रुपमा नभएर अधिकारका रुपमा आफ्ना एजेण्डा राख्न् तयारीका साथ आफू सम्मेलनमा पुगेको बताए ।

संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आयोजना गरेको स्वागत कार्यक्रममा सम्बोधन गदैप्रधानमन्त्री ‘प्रचण्ड’ले कोप २८ मा जलवायु परिवर्तनबाट नेपालललाई असर परेको असरको क्षतिपुर्तिको रुपमा वित्तीय र प्राविधिक सहयोगको अधिकारलाई बलियो ढंगबाट उठाउने बताए।

दुबईस्थित नेपाली समुदायको उपस्थिति रहेको कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले अब हुने निर्वाचनमा विश्वमा छरिएर रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था भैरहेको जानकारी दिए । विदेशमा बसेका नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा लोकतन्त्र बलियो नहुने भन्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले बिदेशमा रहेका नेपालीको मताधिकारका लागि सरकार गम्भीर भएको बताए ।

त्यसबखत युएईका लागि नेपाली राजदूत क्षेत्रीले युएइ र नेपालबीच व्यापार, पर्यटन र प्रविधिमा सहकार्य गर्न सकेमा नेपालको आर्थिक विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस