काठमाडौं । कोप–२८ मा भाग लिन युएईमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले युएईको राजधानी अबुधावीस्थित् नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् । सो क्रममा प्रधानमन्त्री दाहालले नेपाली समुदायको हितमा भए/गरेका कामकारबाहीको जानकारी लिँदै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल हिजोमात्रै युईए पुगेको हो । प्रधानमन्त्री दाहाल कोप–२८ मा सहभागी भएर यही मंसिर १७ गते काठमाडौं फर्किने कार्यतालिका छ ।
युएई बसाईको क्रममा उनले नेपाली व्यवसायीहरु र गैरआवासी नेपालीहरुसँगपनि अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ मंसिर २०८०, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन