काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीबारे छलफल गर्न दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार देउवा निवास धुम्बाराहीमा बस्ने बैठकमा महासमितिमाथि केन्द्रित छलफल हुनेछ। कांग्रेसले आगामी पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्न लगाएको छ ।
उनले भने, “महासमितिको बैठक आयो, तयारी के कसरी भइरहेको छ भन्ने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो । महासमिति बैठकअघि विभागका प्रमुख र सदस्यलाई पूर्णता दिने तयारी छ, त्यस विषयमा पनि छलफल हुने छ ।”
कांग्रेसले महासमिति बैठकका लागि नीतिगत प्रस्ताव उपसभापति पूर्णबहादुर खड्का, साङ्गठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापा र समसामयिक राजनीतिक प्रतिवेदन महामन्त्री विश्वप्रकाश शर्माले तयार गर्ने जिम्मा दिएको छ ।
आर्थिक प्रतिवदेन कोषाध्यक्ष नियुक्त नभएकाले केन्द्रीय लेखासमितिका संयोजक श्याम घिमिरेले प्रस्तुत गर्न बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ मंसिर २०८०, ०७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भैरहवामा 'खुल्ला मिनी म्याराथन प्रतियोगिता' गर्दै कांग्रेस
काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै
गगनको प्रतिवेदन परिमार्जनसहित केन्द्रीय समितिमा पेस गरिने
कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दै, यस्तो छ छलफलको एजेन्डा
कांग्रेसमा शिक्षा नीति निर्माणको माग गर्दै सानेपामा पत्र दर्ता
कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागमा १० सदस्य मनोनीत