विकासका लागि तीनै तहका सरकार एकजुट हुनुपर्छ : मन्त्री खड्का

सफल खबर संवाददाता

मंगलबार, १२ मंसिर २०८०, १९ : २५
विकासका लागि तीनै तहका सरकार एकजुट हुनुपर्छ : मन्त्री खड्का

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकासका लागि तीन तहका सरकार एक भएर अघि बढ्नुपर्ने बताएका छन्।  

मंगलबार सुर्खेतको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री खड्काले तीन तहका सरकार मिलेर काम गरे जनताले चाहे अनुसारको विकास सम्भव हुने बताएका हुन्।

‘विकास निर्माणका कुन काम कुन तहको सरकारले गर्ने भन्ने तय भए सोहीअनुसार काम गर्न सहज हुन्छ’, उनले भने, ‘यसतर्फ बेलैमा सोच्ने र सोही अनुरूप नीति तय गरी काम गर्नु जरुरी छ।’

यस्तै, उनले सङ्घीयताको पूर्ण कार्यान्वयन र संविधान प्रदत्त अधिकार स्थापित गर्नका लागि संघीय कानुन कार्यान्वयन अन्तिम चरणमा पुगेको समेत बताए।

त्यस्तै, संसद्को आउँदो हिउँदे अधिवेशनबाट संघीय प्रहरी ऐन, शिक्षा ऐनलगायतका आवश्यक कानुनहरू पारित गर्ने सरकारको तयारी रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस