काठमाडौंको घट्टेकुलोमा सांसदकै धनमाल लुटियो

सफल खबर संवाददाता

मंगलबार, १२ मंसिर २०८०, १२ : ५४
काठमाडौंको घट्टेकुलोमा सांसदकै धनमाल लुटियो

काठमाडौं। काठमाडौं महानगरपालिस्थित घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ ।आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिए ।

'पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको थियो,' उनले भने ।घटनाबारे सीसीटिभी फुटेजका आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस